काठमाडौं। सुनको मूल्य आज फेरि बढेको छ।
शुक्रवार तोलामा ८ सय रुपैयाँले घटेको सुनको मूल्य आज फेरि एक हजार रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा १ लाख ३ हजार ३ सय रुपैयाँ तोकेको छ।
अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढेकाले नेपाली बजारमा पनि महँगो भएको महासङ्घले जनाएको छ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ।