काठमाडौं। लुम्बिनी अल स्टार्स नेपाल टी–२० लिगको फाइनलमा प्रवेश भएको छ।
आइतबार भएको क्वाटरफाइनल खेलमा जनकपुर रोयल्सलाई ६ रनले हराउँदै लुम्बिनी फाइनलमा प्रवेश भएको हो। लुम्बिनी अल स्टार्सले दिएको १४४ रनको लक्ष्य पछ्याएको जनकपुर रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन बनायो।
उसका लागि समिउल्लाह शिनवारीले ४५, शराफुद्दीन अशरफले २४, राजेश पुलामीले १३, कप्तान ट्रेभोन ग्रिफिथले १० र पवन शरार्फले अविजित ३० रन जोडे।
लुम्बिनीका लागि कप्तान दीपेन्द्र सिंह ऐरी, विपुल शर्मा र सागर ढकालले दुई–दुई तथा शेडले भ्यान शाल्कविले एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थि त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको लुम्बिनीले धिर्नारित २० ओभरमा ८ विकट गुमाएर १४३ रन बनायो।
उसका लागि इशान पाण्डेले ३८, अनिल साहले २४, विपुल शर्माले २०, शेडले भ्यान शाल्कविकले १७, लाहिरु मिलन्थाले १६ र कप्तान दीपेन्द्र सिंह ऐरीले १० रन बनाए।
जनकपुरका लागि सोमपाल कामी, जितेन्द्र मुखिया, आशा प्रियंजनले दुई–दुई, पवन सर्राफ र ट्रेभोन ग्रिफिथले एक–एक विकेट लिए।
लुम्बिनीसँग पराजित भएपछि जनकपुर रोयल्सले अब दोस्रो क्वालिफायर खेल्नु पर्नेछ। अब मंगलबार हुने विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सबीचको एलिमिनेटर खेलमा जुन टोली विजयी हुनेछ उसको जनकपुरसँग प्रतिस्पर्धा हुनेछ।
दुई टोलीबीच जुन विजयी हुन्छ, त्यो फाइलनमा प्रवेश हुनेछ। फाइनल बुधबार हुनेछ।