काठमाडौं। प्रतिनिधिसभाको बैठक सरेको छ। आज बिहान ११ बजेका लागि तय गरिएको बैठक दिउँसो १ बजेका लागि सारिएको हो।
संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनेछन्।
सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ। उक्त बैठकमा प्रचण्डलाई विश्वासको मत दिने कि नदिनेबारे सहमति नभएपछि साढे ११ बजे नेपाली कांग्रेसले कार्यसम्पादन समिति बैठक बस्दैछ। त्यसपछि संसदीय दलको बैठक बस्नेछ।
कांग्रेसभित्र प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा विवाद भइरहेको छ ।
त्यसकारण कांग्रेसको आग्रहमा आज बिहान ११ बजेका लागि तय गरिएको बैठक दिउँसो १ बजेका लागि सारिएको हो।