काठमाडौं। सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिएको छ।
मंगलवार गृह मन्त्रालयले एक सूचना जारी गर्दै भोलि बुधबार सार्वजनिक बिदा दिएको जानकारी दिएको छ।
यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।