काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ।
पुस २८ गतेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक माघ १५ गतेका लागि सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलवार विज्ञप्ति निकालेर जानकारी दिएका छन्।
यसअघि पुस २१ गते बस्ने बैठक पुस २८ गतेका लागि बोलाइएको थियो।
बैठकमा चुनावी समीक्षालगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।