काठमाडौँ । प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी आजदेखि प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेको छ ।
एकीकृत कारोबारपछि प्रभु बैंकको कूल सम्पत्ति रु तीन खर्ब ४० अर्ब, चुक्ता पूँजी रु २२ अर्ब, कूल निक्षेप रु दुई खर्ब ८४ अर्ब र कूल कर्जा प्रवाह रु दुई खर्ब ५३ अर्ब पुगेको छ । त्यस्तै, ग्राहक सङ्ख्या ३० लाखभन्दा बढी, शाखा सञ्जाल तीन सय ६५, एटिएम सञ्जाल तीन सय नौ र एक्सटेन्सन काउन्टर ७२ वटा पुगेको बैंकले जनाएको छ ।
एकीकृत कारोबार सुरु भएसँगै साविक सेञ्चुरी कमर्सियल बैंकमा खाता रहेका ग्राहकको १२ अङ्कको खाता नम्बर परिवर्तन भई १६ अङ्कको खाता नम्बर बनेको पनि प्रभु बैंकले जनाएको छ ।
नियामक निकाय नेपाल राष्ट्र बैंकले लिएको नीतिअनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने/गाभिने र प्राप्ति प्रक्रियामा गइरहेका छन् । चालु आर्थिक वर्षको पुस महिनामा मात्र आठवटा वाणिज्य बैंक एक आपसमा मर्जर तथा प्राप्ति प्रक्रियामा गएर चारवटा कायम भएका छन् ।