काठमाडौं । हवाई मार्गबाट नेपाल आउने सबै यात्रुले क्यूआर कोडसहितको कोभिड–१९ खोपको प्रमाणपत्र बोक्नु पर्ने भएको छ । यस्तो प्रमाणपत्र नहुने यात्रुले ७२ घण्टा भित्रको आरटी–पीसीआर नेगेटिभ परीक्षण रिर्पोट पेश गर्नु पर्ने प्रावधान छ ।
नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने दुई वायुसेवा कम्पनी नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले सूचना निकाल्दै यसबारे यात्रुलाई सूचित गरेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अनिवार्य गरेको यो प्रावधानविना नै विमानस्थल आउने र अलपत्र पर्ने अवस्था आएसँगै वायुसेवा कम्पनीहरुले नेपाल सरकारले तोकेको यो प्रावधानलाई लापरवाही नगर पालना गर्न समेत अनुरोध गरेका छन् ।
पछिल्लो समय चीनले आफ्ना नागरिकलाई भ्रमण खुला गरेको छ । त्यससँगै विभिन्न मुलुकले यात्रुको आवतजावतमा कडाइ गरिरहेका छन् ।