काठमाडौं। गायक तिलकसिंह पेलाको ‘के लत बस्यो’ बोलको गजल गीत बजारमा आएको छ। उनले आफ्नै युट्युव च्यानलमार्फत ‘के लत बस्यो’ बोलको गजल गीत सार्वजनिक गरेका छन्।
गजलकार डा.प्रदीप मैनालीको गजलमा पेलाले स्वर दिनुका साथै सङ्गीत भरेका छन्। उक्त गजल गीतको एरेन्ज, पियानो, भिडियो र रेकर्डिङ्ग रिदम कँडेलले गरेका हुन्।
उक्त गजल गीतको मिक्सिङ्ग महेश्वरमान राजभण्डारी, सारङ्गी धर्म गन्धर्व, तबला जगन्नाथ धौगोडा, बाँसुरी नगेन्द्र बिक्रम राई र थम्बनेल डिजाईन अरुण महराले गरेका छन्।
बैतडीका पेला २०५३ सालमा कहानी बनेन केही ‘आँसु–१’ र २०५४ सालमा ‘आँसु–२’ आधुनिक गीति एल्वम बजारमा ल्याएर चर्चामा आएका थिए।
त्यसपछि गायन छोडर शास्त्रीय संगीतको साधनामा लागेका पेलाले २३ वर्षपछि ‘निर्जन निराकार’ गिति एल्वम ल्याएका थिए।
हाल पेला काठमाडौंको वनस्थलीमा श्री कृष्ण गुरुकुल संङ्गीत पाठशाला स्थापना गरेर सङ्गीत सिकाइरहेका छन्।