काठमाडौं। राष्ट्रिय क्रिकेट टिममा पूर्वकप्तान सन्दीप लामिछाने रिहा हुने प्रक्रिया सुरू भएको छ।
अहिले रिहाइको प्रक्रिया भइरहेको सन्दीपका कानुन व्यवसायी सरोज कुमार घिमिरेले बताए। उच्च अदालत पाटनले मागेको २० लाख धरौटी बुझाउनका लागि परिवारले रकम जम्मा गरिसकेका छन्।
जिल्ला अदातलमा धरौटी जम्मा गरिसकेपछि जिल्ला अदालतको पत्र लिएर सन्दीप केन्द्रीय कारागारमा आउनेछन्।
कारागारको आन्तरिक प्रकियाहरु पुरा गरेर सन्दीपको स्वास्थ्य परीक्षण हुनेछ। सन्दीपले फेरि जिल्ला अदालतमा गएर तारिख लिनुपर्ने हुन्छ। त्यसपछि उनी रिहा हुनेछ।
सबै प्रक्रिया सकेर सन्दीप २ देखि साढे २ बजेसम्म रिहा हुने सन्दीपका कानुन व्यवसायी घिमिरेले बताए।
बिहीवार उच्च अदालत पाटनले बलात्कारको आरोपमा थुनामा रहेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
एक किशोरीले बलात्कारको उजुरी दिएपछि २० असोजमा सन्दीप पक्राउ परेका थिए।
१८ कात्तिकमा लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध लामिछानेले दिएको निवेदनमा बिहीवार सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले शर्तसहित २० लाख धरौटी रिहा गर्ने आदेश दिएको थियो।
लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गरे पनि जिल्ला अदालत काठमाडौंमा भने उनीमाथिको बलात्कार मुद्दा विचाराधीन अवस्थामै छ।
लामिछानेले चाहिँ आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएका थिए।
सम्बन्धित समाचारः
सन्दीप लामिछाने धरौटीमा रिहा
सन्दीपलाई धरौटीमा रिहा गर्न दिइएको अदालतको आदेशमा के छ ? (पूर्णपाठ सहित)
रिहा भएपछि सन्दीप लामिछानेले क्रिकेट खेल्न पाउने