काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बोर्डमा आएपछि मुद्दा हालेर काम गर्न नदिएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा भएको चलचित्र निर्माताहरुको बृहत् भेला तथा छलफल अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो उनले यस्तो बताएका हुन्।
अध्यक्ष केसीले चलचित्र विकास बोर्डको अध्यक्ष भएर आएको ५-६ महिना मात्रै भएको भन्दै आफूलाई विभिन्न मुद्दा हालेर काम गर्न नदिएको गुनासो गरेका हुन्।
आफू कुन बेला निस्किन्छ र म चलचित्र विकास बोर्डको अध्यक्ष बन्न पाउछु भनेर लोभ गर्ने मान्छेहरुले काम गर्न नदिएको बताए। आफ्नो कार्यकालमा चलचित्र विकासको लागि राम्रा काम गर्ने प्रतिबद्धता जनाउँदै उनले सबै निर्माता एकजुट हुनुपर्नेमा जोड दिए।
यस्तै उनले चलचित्र सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढीरहेको भन्दै त्यस्ता क्रियाकलाप गर्नेलाई जरिबाना र फिल्ममा हुने क्षति तिराउने गरी कानून निर्माण गर्न लागिएको बताए ।