काठमाडौं। पोखरामा भएको विमान दुर्घटनामा ४० जनाको शव निकालिएको छ ।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले दुर्घटनामा ४० वटा शव निकालिएको जानकारी दिए।
उक्त विमानमा चालक दलका चार सदस्यसहित ६८ जना यात्रु थिए। सवार यात्रुमध्ये ५३ जना नेपाली र ५ जना भारतीय रहेको उनले बताए।
त्यसबाहेक विमानमा रुसका ४ जना, कोरियाका २ जना, आयरल्यान्ड, अस्ट्रेलिया, आर्जेन्टिना र फ्रान्सका एक एक जना यात्रु सवार थिए।
चालक दलका सदस्यमा क्याप्टेन कमल केसी र अञ्जु खतिवडा तथा विमान परिचारिकामा सृजना होङ्गचुन र ओसिन आले मगर थिए।
एनवाईटी ६९१ नम्बरको ९एन–एएनसी विमान पोखरा टावरसँग विहान १०ः५० बजे सेती खोँच भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चता उक्त विमान दुर्घटना भएको हो। काठमाडौं विमानस्थलबाट उक्त विमान विहान १०ः३३ बजे विमान पोखराका लागि उडान भरेको थियो
सम्बन्धित समाचारः
काठमाडौंबाट पोखराका लागि उडेको जहाज दुर्घटना
पोखरामा जहाज दुर्घटनाः ७२ जनाको अवस्था अज्ञात, यस्तो छ प्रत्यक्षदर्शीको बयान
पोखरामा विमान दुर्घटनाः माछा मार्न लागेका ३ जनाको पनि अवस्था अज्ञात
आकस्मिक मन्त्रिपरिषदको बैठक बालुवाटारमा सुरु