काठमाडौं। आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज विहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिए।
ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ। ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ।
प्रवक्ता निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ। उक्त ब्ल्याक बक्स आजै काठमाडौं ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ।
काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ९ एनएनएसी विमान आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको थियो। काठमाडौं विमानस्थलबाट बिहान १०ः३३ बजे उडेको विमान १०ः५० बजे सेती खोंचमा दुर्घटनामा परेको थियो।
विमानमा ६८ यात्रु र ४ चालक दलका सदस्य थिए। जहाज पाइलट कमल केसीले उडाएका थिए।
दुर्घटनामा परेकामध्ये ६८ जनाको शव फेला परेको छ भने हराइरहेका ४ जनाको बिहानैदेखि खोजि भइरहेको छ। फेला परेका ६८ शवमध्ये २६ जनाको पहिचान खुलेको छ।
सम्बन्धित समाचार:-
काठमाडौंबाट पोखराका लागि उडेको जहाज दुर्घटना
यी हुन् पोखरामा दुर्घटना भएको विमानमा सवार यात्रु (नामावलीसहित)
विमान दुर्घटनाः भोलि शोक बिदा, अन्य के–के गर्यो मन्त्रिपरिषदले निर्णय ?
माघीकै दिन सेती खोँचमा बिलायो सुरक्षित मानिएको एटिआर
बिहानैबाट पुन: थालियो विमान दुर्घटनाको उद्धारकार्य
पोखरा विमान दुर्घटना : २६ जनाको पहिचान खुल्यो