काठमाडौँ ।नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीको रिहाइको प्रक्रिया सुरु भइसकेको बताएकी छन् ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले रिहाइको प्रक्रिया सुरु भइसकेको बताउँदै कारागारमा रहेका रेशम चाँडै रिहा हुने विश्वास व्यक्त गरिन ।
२०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनका क्रममा सात जना प्रहरी र एक नाबालकको हत्या भएको घट्नामा अदालतले दोषी ठहर गर्दै रेशम लगायतका व्यक्तिलाई सजाय सुनाएको थियो ।
अदालतको फैसलापछि रेशम लगायतका व्यक्तिहरू कारागारमा सजाय काटिरहेका छन् ।नागरिक उन्मुक्ति पार्टीले रेशमको रिहाइलाई बटम लाइन बनाउँदै सरकारलाई समर्थन गरेको थियो ।