काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जा मन्त्री बन्दैछन्।
उनले आजै दिउँसो १ बजे शपथ लिँदैछन्।
राप्रपा सरकारमा जाने तथा आफु मन्त्री बन्ने निश्चितपछि उनले आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेका बताएका छन््। उनले त्यसलाई ‘ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो’ भनेका छन्।
उनले असम्भव जस्तो लागे पनि म खरो उत्रने प्रतिवद्धता जनाएका छन्। साथै, उनले धैर्यता र सहयोगका लागि अपिल गरेका छन्।
सम्बन्धित समाचारः
मन्त्रिपरिषद् विस्तारः यी हुन् आज मन्त्री बन्न लागेका १३ सांसद (सुचीसहित)