काठमाडौं। नेपाल टेलिकमको देशभर अवरुद्ध मोबाइल सेवा सुचारु भएको छ।
टेलिकमले एक सुचना जारी गर्दै मंगलबार मध्यान्ह १२ बजेदेखि अबरुद्ध सेवा केहीबेरदेखि सुचारु भएको हो।
टेलिकमले प्राविधिक कारण सेवा अवरुद्ध भएको जनाएको छ। मोबाइलमा समस्या आएमा मोबाइल अन अफ वा फ्लाइट मोड अन अफ गर्न आग्रह गरिएको थियो।
टेलिकमको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड, पोस्टपेडको फोन, इन्टरनेट र एसएमस सेवा मंगलबार मध्यान्ह १२ बजेदेखि अबरुद्ध भएका थिए। साथै, टेलिकमको आधिकारिक वेबसाइट पनि बन्द भएको थियो।