काठमाडौं। सांसद ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रमुख सचेतक बनेका छन्।
बुधवार दलको विधान अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतकमा मनोनीत गरेका हुन्।
राप्रपा प्रवक्ता समेत रहेका शाही जुम्लाबाट प्रतिनिधिसभामा विजयी भएका थिए।