काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति चयन सहमतिमै गर्ने कोसिस भइरहेको बताएका छन् ।
बिहीबार सभामुख निर्वाचनपछि सञ्चारकर्मीसँग बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूले राष्ट्रपति चयन सहमतिमै चाहेको र सहमतिमै राष्ट्रपति चयनको प्रयास भइरहेको पनि बताए ।
उनले भने, ‘सभामुखको निर्वाचन भयो । उपसभामुखको निर्वाचन पनि यसैगरी हुन्छ । राष्ट्रपतिको निर्वाचनका लागि समय अझै बाँकी छ । छलफल भइरहेको छ । सत्ता साझेदार दल र मैले पनि एउटा समझदारी बनिदिए हुन्थ्यो भन्ने कोसिस हो । हामी प्रयास गरिरहेका छौँ ।’