काठमाडौं। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले आगामी शैक्षिक सत्रका लागि सबै विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको आज संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकमा मन्त्री खनालले सबै विद्यार्थीलाई समयमै पाठ्यपुस्तक पुर्याउनु सरकारको पहिलो प्राथमिकता भएकाले आगामी शैक्षिक सत्रमा विगतमा जस्तो समस्या नहुने बताए।
सरकारले आगामी वर्षहरुमा पाठ्यपुस्तकको अभाव हुन नदिन दीर्घकालीन योजना बनाउने पनि मन्त्री खानालले बैठकमा जानकारी दिए।