काठमाडौं। सोमबार १३ अंकले सेयर बजार घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनुसार सोमबार सेयर बजार घटेर २१६५.१० विन्दुमा पुगेको छ।
आज १० करोड कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको छ नेप्सेको अनुसार सबैभन्दा बढी कारोबार कुमारी बैंकको २७ करोड रुपैयाँको भएको छ।
बैंकिङ उपसूचक १.०८ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.६६ प्रतिशतले वृद्धि भएपनि अन्य सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो। विकास बैंक हाइड्रोपावर र होटल तथा पर्यटन उपसूचकमा दुई प्रतिशत भन्दा माथिको गिरावट हुँदा नेप्से पनि घटेको हो।
आज पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सकारात्मक सर्किट लेभलमा कारोबार हुने कम्पनीहरु क्रमश आदर्श लघुवित्त वित्तिय संस्था, सानिमा जिआइसी इन्स्योरेन्स, कुमारी बैंक, स्ट्याण्डर्ड बैंक र समृद्धि फाइनान्स रहेको छ।
सोमबार नेप्सेमा २१० कम्पनीको सेयर कारोबार हुँदा १६६ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ।