काठमाडौं। नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ।
सोमबारको तुलनामा आज छापावाला सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ। आज छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज तेजावी सुन प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
साथै, आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रति तोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।
नयाँ रेकर्ड
आज एक हजारले बढेपछि नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ। लगातार बढिरहेको सुनको मूल्य आज (मंगलबार) हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।
यस अघि २०७८ फागुन २५ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो। उक्त समयमा सुन प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले त्यसको प्रभाव नेपाली बजारमा परेको हो।