काठमाडौं। बाजुराको मौला आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
मंगलबार दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का बढी महसुस गरिएको छ। मानिसहरु भूकम्पपछि घर बाहिर निस्केका छन्।भूकम्पपछि स्थानीयहरु घरबाहिर निस्किएका छन्।

बझाङको चैनपुरमा कृषि ज्ञान केन्द्रको भवन भूकम्पले भत्काएको छ। उक्त भवन हाल सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको थियो।
त्यस्तै, चैनपुरस्थित एक होटलको छतमा बनाइएको मन्दिर भूकम्पले भत्केको छ।
बाजुराको बडिमालिका नगरपालिका–७ मा एउटा घर भत्केको प्रहरीले जनाएको छ।
भूकम्पका कारण भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।
