काठमाडौं। अनाधिकृतरुपमा नेपाली विद्यार्थी विदेश लिने गरेको एप्लाई बोर्डको कार्यक्रम रोकिएको छ।
एप्लाई बोर्डले भोलि बुधबार काठमाडौंको म्यारियट होटलमा अनाधिकृतरुपमा नेपाली विद्याथी विदेश लिने उद्देश्यका साथ एक कार्यक्रमको आयोजना गरेको थियो।
तर, नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)का पूर्व अध्यक्ष विष्णुहरि पाण्डेको अग्रसरतमा उक्त कार्यक्रम रोकिएको छ।
पाण्डेले नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि विदेश पठाउन नेपाली शैक्षिक परामर्श व्यवसायी नै सक्षम रहेको बताए। उनले नेपालमा दर्ता नै नभएका कम्पनीहरुले राजस्व छली गरेर नेपाली विद्यार्थी विदेश लिने र समस्यामा पार्ने समस्या अन्त्यका लागि एप्लाई बोर्डको कार्यक्रम रोक्न बाध्य भएको बताए।
पछिल्लो समय नेपालमा दर्ता नै नभएका कम्पनीहरुले राजस्व छली गरेर नेपाली विद्यार्थी अनाधिकृतरुपमा विदेश लिने क्रम बढ्दो छ। जसका कारण नेपाली विद्यार्थी समस्यामा पर्ने गरेका छन्।
एप्लाई बोर्डले ६ महिनामा मात्रै अनाधिकृतरुपमा २ हजार विद्यार्थी क्यानडा लिएको बताइन्छ। एक महिनाअघि पनि म्यारियट होटलमा गर्न लागिएको यस्तै प्रकारको कार्यक्रम रोकिएको थियो।
ईक्यानका पूर्व अध्यक्ष रहेको पाण्डेले नेपाल शैक्षिक परामर्श व्यवसायी संघमा नेतृत्वदायी भूमिका खेल्दै आएका छन्। शैक्षिक परामर्श व्यवसायीको हकहितका लागि सधै लाग्ने पाण्डेलाई नै फेरि ईक्यानको नेतृत्वमा ल्याउनुपर्ने शैक्षिक परामर्श व्यवसायीको धारणा रहेको पाइन्छ। ईक्यानमा एक महिनापछि नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ।