काठमाडौं। इलामका प्रेम आचार्यको मृत्युपछि गृहमन्त्री रवि लामिछानेले माफी मागेका छन्।
उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत आचार्यको मृत्युपछि माफी मागेका छन्।
उनले भनेका छन्, ‘यसमा हामी दोषी छौं, म दोषी छु। प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नुहोला।’
आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम रहेको लामिछानेले उल्लेख गरेका छन्। उनले राजनीतिमा आफुजस्ता नयाँहरुको आगमनले समेत उत्साह थप्न नसकेको, आशा जगाउन नसकेको र आत्मदाहको निर्णय फेर्न नसकेको स्वीकारेका छन्।
हेर्नुहोस्ल लामिछानेको स्टाटसः
एउटा नागरिकले अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो। दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु।प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पिडा सहने शक्ति मिलोस्।
मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको थियो।
सम्बन्धित समाचारः
संसद भवनअगाडि आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास
संसद भवनअगाडि आफैंलाई आगो लगाउने आचार्य को हुन् ? किन लगाए ? यस्तो छ कारण
आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन
आचार्यको आत्मदाहले राज्यको असफलताको भयानक संकेत गरेको छः बालेन