काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इलामका प्रेमप्रसाद आचार्यले गरेको आत्मदाह राज्य संयन्त्र र सिष्टमको असफलता भएको बताएका छन्।
बुधबार थापाले सामाजिक सञ्जालमार्फत आचार्यले गरेको आत्मदाह राज्य संयन्त्र र सिष्टमको असफलता भएको बताएका हुन्।
उनले अब आरोप-प्रत्यारोप वा क्षणिक भावनात्मक आवेग भन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्नुपर्ने बताएका छन्।
यस्तो छ थापाको स्टाटस :-
प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनाले आज दिनभर मनमा अनेकन कुरा खेलिरहेको छ। उनको अन्तिम पत्रमा उल्लेखित विषय र प्रसंगहरूले त झन पटक-पटक घोचीरहेको छ। यसो सोच्छु-उनको गरिखाने संघर्षका कुनै चरणमा केही भएको वा नभएको भए यस्तो हुदैनथ्यो कि! फेरी सोच्छु-यो कुनै व्यक्तिको असफलता मात्रै होइन यो त हाम्रो राज्य संयन्त्र र समग्र सिष्टमको असफलता हो। म, हामी सिष्टम चलाउनेको असफलता हो। कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र हाम्रो सिष्टम ठिक हुँदैन। गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिष्टम पूरै मर्मत गर्ने अठोट चाहिएको छ। अब आरोप-प्रत्यारोप वा क्षणिक भावनात्मक आवेग भन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्न सकियो भनेमात्र यस्तो निराशा र विष्मय कोही नागरिकले भोग्नु नपर्ला !
यो पनि पढ्नुस :-
संसद भवनअगाडि आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास
संसद भवनअगाडि आफैंलाई आगो लगाउने आचार्य को हुन् ? किन लगाए ? यस्तो छ कारण
आत्मदाहको प्रयास गरेका आचार्यको अवस्था गम्भिर
आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन
...अनि तिम्रो देश खाली हुनेछ, १७ हजार शहीदलाई शासन गरेर बस्नु !
प्रेमप्रसाद आचार्यले उठाएका मागबारे छानबिन हुन्छः लामिछाने
प्रेमप्रसाद आचार्यलाई न्याय माग्दै स्वस्फुर्तरूपमा प्रदर्शन
आचार्यको आत्मदाहले राज्यको असफलताको भयानक संकेत गरेको छः बालेन
आचार्यको मृत्युपछि गृहमन्त्री लामिछानेले मागे माफी, लेखे यस्तो भावुक स्टाटस
प्रेमप्रसादले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय