तपाईले तालु खुइलिएका पुरुष धेरै देख्नु भएको होला । तर के महिलामा यस्तो देख्नु भएको छ । अपवाद बाहेर पूर्णरुपमा महिलाको तालु खुइलने वा पूर्ण रुपमा कपाल झर्ने हुँदैन ।
एक निश्चित उमेर पार गरेपछि महिलाको कपाल झर्न शुरु हुन्छ तर कपाल पूर्ण रुपमा झरेर तालु देखिने अवस्था भने आउँदैन । तर पुरुषको भने त्यसको ठीक विपरित हुन्छ ।
चाहे विस्तारै झर्न सुरुगरोस् या तिव्रगतिमा नै कपाल किन नझरोस् पुरुषहरुको कपाल झरेर टाउँकोको छाला नै देखिन्छ ।
यस्तो किन हुन्छ ?
यसको उत्तर दिनेकक्रममा हालसालै गरिएको एक अनुसन्धानले कपाल झर्नुमा मुख्य रुपमा हर्मोन कारण रहेको हुन्छ ।
हर्मोनमा आउने परिवर्तन यसको कारण हो तर यो परिवर्तन महिलामा हुँदैन ।
शरीरमा कपाल, रौं आदी आउनुमा हर्मौनको भूमिका हुन्छ । र कपाल झर्ने पनि हर्मोनका कारण हुन्छ ।
नर्वेको बर्गेन विश्वविद्यालयका शोधकर्ताका अनुसार तालु खुइलनुमा एक खास प्रकारको हार्मोन जिम्मेवार हुन्छ ।
उनीहरुका अनुसार तालु खुइलनुमा टेस्टोस्टेरन नामको यौन हर्मोनको भूमिका हुन्छ । जो कि महिलामा पाइदैन । यो पुरुष समूहमा हुने एन्ड्रोजम समूहको हर्मोन हो ।
शोधका अनुसार पुरुषमा कपाल झर्नु हर्मोन्सका कारण हुन्छ भने महिलामा पोषणको कमी या हार्मोन्समा आएको कमीका कारण कपाल र्छ तर तालु खुइलनुमा जिम्मेवार हुन ।
स्टेरायड हर्मोन नहुने भएका कारण तालु खुइलने समस्या आउँदैन ।