सिरहा। १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिरहा नगरपालिका–२२ बस्ने २४ वर्षीय संतोष यादव रहेका छन्।
सिरहा नगरपालिका–७ स्थित एक घरमा संतोष यादव र हाल वतन नखुलेका २३ वर्षीय सरोज कुमार यादवले ती बालिकालाई बलात्कार गरेको आरोपपछि प्रहरीले पक्राउ गरेको हो।
हाल फरार सरोज कुमार यादवको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।