काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद खारेज हुने फैसला सुनाएपछि रविका समर्थकहरु आन्दोनमा उत्रेका छन् ।
शुक्रबार सर्वोच्चका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मिलित संवैधानिक इजलासले उनको सांसद पद खारेज हुने फैसला सुनाएको हो।
सोही बिषयलाई लिएर रविका समर्थकहरुले अदालत परिसरमै नारा लगाउन सुरु गरेका छन्। उनीहरूमध्ये केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सम्बन्धित समाचारः रवि लामिछानेको सांसद पद खारेज
सांसद पद खारेजपछि रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्रीको पद के हुन्छ ?
यस्तो छ रवि लामिछानेको मुद्दामा सर्वोच्चले सुनाएको फैसलाको पूर्णपाठ
रवि लामिछाने फेरि यसरी बन्न सक्छन् सांसद र मन्त्री