काठमाडौं । रवि लामिछानेले अदालतको फैसलालाई स्वीकार गर्ने प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नागरिकता मुद्दामा दोषी ठहर गरेपछि प्रतिक्रिया दिँदै लामिछानेले अदालतको फैसला स्वीकार्य हुने बताए ।
अब के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘अदालतको फैसलाअनुसार म अनागरिक छु । मसँग कुनै प्रश्नको जवाफ नै छैन ।’ उनले आजै उपप्रधानसहित गृह मन्त्रीबाट राजीनामा दिने तयारी गरेका छन् ।
सम्बन्धित समाचारः रवि लामिछानेको सांसद पद खारेज
सांसद पद खारेजपछि रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्रीको पद के हुन्छ ?
यस्तो छ रवि लामिछानेको मुद्दामा सर्वोच्चले सुनाएको फैसलाको पूर्णपाठ
रवि लामिछाने फेरि यसरी बन्न सक्छन् सांसद र मन्त्री
फैसलापछि सर्वोच्चमा रविका समर्थकको नाराबाजी
चितवन २ मा अब हुनेछ उपनिर्वाचन