काठमाडौं। नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा पार्टी सङ्गठन र कार्यविभाजन लगायतका विषयमा छलफल भएको छ।
पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकमा पार्टी सङ्गठन, कार्यविभाजन र समसामयिक राजनीतिक विषयमा छलफल भएको हो।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी सङ्गठन, कार्यविभाजन लगायत समसामयिक राजनीतिक विषयमा सुझाव दिइएको छ।
बैठकमा पदाधिकारी सदस्यहरुले कम्युनिष्ट एकतापछि नेताहरूको व्यवस्थापनलगायतका विषयमा पनि अध्यक्षलाई सुझाव दिए।
पार्टीको पदाधिकारी बैठक भोलि ११ बजे पुनः बस्ने गरि स्थगित भएको छ।