के तपाईं हेडफोनमा गीत सुन्ने वा चर्को सांगितिक कार्यक्रममा सहभागी हुने गर्नुभएको छ ? विश्व स्वास्थ्य संगठनको नेतृत्वमा गरिएको श्रवण क्षमताबारे अध्ययनले तपाईलाई झस्काउन सक्छ ।
उक्त अध्ययनको वृहत्तर विश्लेषणले युवाहरूलाईसुन्ने बानीमा होसियार हुन आह्वान गरेको छ ।अन्यथा विश्वका झण्डै एक अर्ब युवाहरुले श्रवणशक्ति गुम्ने जोखिममा रहेको बीएमजे ग्लोबल हेल्थ नामक जर्नलमा प्रकाशित समीक्षाले चेतावनी दिएको छ ।
अध्ययनले सरकार र नीतिनिर्मातालाई युवाहरुको श्रवण स्वास्थ्य सुरक्षाका लागि थप चर्को आवाज आउने स्थलमाथि नियमन गर्न आग्रह गरेको छ । विगत दुई दशकमा अंग्रेजी, स्पेनिस, फ्रेन्च र रुसी भाषामा प्रकाशित ३३ अध्ययनको तथ्याकंको समीक्षाले १२ देखि ३४ वर्ष उमेर समूहका १९,००० भन्दा बढी सहभागीहरूलाई समेटेको छ ।
त्यसमा २४ प्रतिशत युवाहरुमा हेडफोन प्रयोग गर्दा सुन्दा असुरक्षित रुपमा सुन्ने आभास रहेको पाइएको थियो । त्यस्तै ४८ प्रतिशत युवाहरु कन्सर्ट वा नाइटक्लबजस्ता मनोरञ्जन स्थलहरूमा असुरक्षित स्तरको आवाजको झुम्ने गरेको पाएको थियो । यी अध्ययनको योगमा समिक्षाले भनेको छ– ६ लाख सत्तरी हजारदेखि १ अर्ब ३५ करोड युवाले सुन्ने क्षमता गुमाउने जोखिममा छ ।
अध्ययनकी एक लेखिका लरेल डिलार्डले श्रवण क्षमतामा असर कम गर्न हेडफोन प्रयोगकर्ताहरूले ध्वनिको स्तर निगरानी गर्ने एप अथवा सक्रिय बनाउन सुझाव दिइन् । कन्सर्ट वा नाइटक्लबजस्ता चर्को संगित चल्ने कार्यक्रमहरूमा इयरप्लग लगाउनु पर्ने पनि उनले बताइन् ।