काठमाडौं। नेपाली सुनचाँदी बजारमा मंगलबार सुनको मूल्य घटेको छ। आज चाँदीको मूल्य भने स्थिर रहेको छ।
सोमबार प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज मंगलबार तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवासयी महासंघले जनाएको छ।
सुनचाँदी व्यवासयी महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा ५ सयले घटेर प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदी भने प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा नै स्थिर रहेको महासंघले जनाएको छ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।