कैलाली। कैलालीमा छोराले बन्चरो प्रहार गरेर आमाको हत्या गरेका छन्।
लम्कीचुहा नगरपालिका–६ बागमाराका ४० वर्षीय श्रीराम थारुले बन्चरो प्रहार गरेर आमा लगनीदेवी थरुनीको हत्या गरेका हुन्।
श्रीरामले मंगलबार राति ७१ वर्षीया आमा लगनीदेवीलाई बन्चरो प्रहार गरेका थिए। बन्चरो प्रहारबाट गम्भीर घाइते भएकी थरुनीको उपचारको क्रममा धनगढीको नवजीवन अस्पतालमा मृत्यु भएको हो।
बृद्धभत्ताका विषयमा श्रीरामले आमासँग झगडा गरिरहने परिवारका सदस्यले बताएका छन्। बृद्धाभत्ताकै कारण हत्या गरेको हुनसक्ने बताइएको छ।
हत्याको अभियोगमा थारुलाई मंगलबार बिहान जंगलबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।