काठमाडौं। नेपाल राष्ट्र बैङ्कले अन्तर बैङ्क एटिएम शुल्क घटाएको छ। एउटा बैङ्कको एटिएम कार्ड अर्को बैङ्कको एटिएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो।
राष्ट्र बैङ्कले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै बैङ्क तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेशभित्रै अर्को बैङ्क तथा वित्तीय संस्थाको एटिएम प्रयोग गर्दा प्रतिकारोबार बढीमा रु १५ सम्म शुल्क लिन सकिने जनाएको छ।
यसअघि एउटा बैङ्कले जारी गरेको एटिएम कार्ड अर्को बैङ्क तथा वित्तीय संस्थाको एटिएम प्रयोग गर्दा मासिक न्यूनतम दुईवटा कारोबारसम्म निःशुल्क हुने र दुईभन्दा बढी कारोबारको हकमा प्रतिकारोबार रु २० सम्म शुल्क लिन सकिने व्यवस्था थियो। तर अहिले मासिक दुई वटासम्म कारोबार निःशुल्क पाउने व्यवस्था भने हटाइएको छ।