काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्र्याक्टका लागि पुरुष र महिला खेलाडीको वर्गीकरण गरेको छ।
क्यानले सेन्ट्रल कन्ट्र्याक्टमा जनवरीदेखि जुन सम्मका लागि १८ पुरुष र १२ महिला खेलाडीको वर्गिकरण गरेको छ।
वर्गिकरण अनुसार यसअघि ए ग्रेडमा रहेका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई बी ग्रेडमा परेका छन्।
बलात्कार आरोपपछि निलम्बनमा परेका पूर्वकप्तान सन्दीप लामिछाने भने वर्गिकरणमा छैनन्।
पुरुषतर्फ ग्रेड एमा परेका खेलाडीले ६० हजार, ग्रेड बीमा रहेका खेलाडीले ५० हजार र ग्रेड सीमा रहेका खेलाडीले मासिक ४० हजार रुपैयाँ पाउँछन्।
त्यस्तै, महिलातर्फ ए ग्रेडमा परेमा खेलाडीले मासिक २१ हजार रुपैयाँ, बीमा रहेकाले १८ हजार र सीमा रहेकाले १५ हजार रुपैयाँ पाउँछन्।