काठमाडौं। भारतले नेपाललाई दिने अनुदान सहायता २ अर्बले घटाएको छ।
भारतकी वित्त मन्त्री निर्मला सीतारमणले बुधबार प्रस्तुत गरेको युनियन बजेटमा नेपाललाई दिने अनुदान सहायता २ अर्बले घटाइएको छ।
भारतले वित्त वर्ष २०२३/२४ मा नेपाललाई ५ अर्ब ५० करोड भारु दिनेछ। गत आवमा भारतले नेपालका लागि ७ अर्ब ५० करोड भारतीय रुपैयाँ विनियोजन भएको थियो।