काठमाडौं। प्रेसिडेन्सियल बिजनेस स्कुल अन–क्याम्पस हल्ट पुरस्कार–२०२३ को फाइनल माघ २८ गते (फेब्रुअरी ११) मा हुने भएको छ।
फेब्रुअरी ११ मा हुने प्रेसिडेन्सियल बिजनेस स्कुल अन–क्याम्पस हल्ट पुरस्कार २०२३ को फाइनललाई सफल पार्नका लागि ९ सदस्यीय आयोजक कमिटी गठन गरिएको छ। उक्त कमिटी प्रतियोगिता सफल पार्नका लागिरहेको छ।
यस अन–क्याम्पस कार्यक्रममा भाग लिनको लागि १० टोली दर्ता भएका छन्। उनीहरुलाई विचारहरु तयार पार्न र फाइनलको दिन सक्षम रूपमा प्रस्तुत गर्न सक्षम बनाउन विशेषज्ञहरुले विशेष सत्र दिइरहेका छन्।
हालसम्म आयोजक समितिले ३ वटा अतिथि सत्र सञ्चालन गरिसकेको छ, जसमा सम्बन्धित क्षेत्रका दक्ष व्यक्तित्वहरुलाई प्रेसिडेन्सियल बिजनेस स्कुलमा विशेषज्ञ वक्ताका रुपमा बोलाइएको थियो।
पहिलो विज्ञ सत्र फेसन उद्योगमा दिगोपनको महत्व सम्बन्धी रहेको थियो। उक्त सत्रमा सम्सारा क्रिएसनका सीईओ कुशल अछामीले व्यापार मोडेलको रूपमा प्रस्तुत गरेका थिए। जसले यस वर्षको हल्ट पुरस्कारको विषयवस्तुसँग मेल खान्छ।
यस विशेष अतिथि सत्रमा अछामीले आफ्नो व्यक्तिगत कार्य अनुभव र दिगो दृष्टिकोण अपनाउने क्रममा कम्पनीले सामना गर्नुपरेका चुनौतीहरूबारे जानकारी दिए। जसले सहभागीहरूलाई फेसन उद्योगमा दिगोपनको पृष्ठभूमिबारे जानकारी पाउन मद्दत गरेको आयोजकले जनाएको छ।
दोस्रो सत्र युनि गो एजुकेशनका संस्थापक विजय गौतमले गरेका छन्। उनले सहभागीहरूलाई रमाइलो गतिविधिहरू मार्फत उनीहरूका विचारहरू थप पुरस्कृत गर्न मद्दत गरे। साथै, फाइनलको पावर पोइन्ट प्रस्तुतीकरणमा समावेश गर्नुपर्ने अवधारणाहरूबारे सचेत गराए।
हाल आयोजक सहभागीहरूका समस्या समाधानका साथै फाइनल प्रस्तुतीकरणलाई प्रभावकारी बनाउन मार्गदर्शन गरिरहेको छ।
को हो हल्ट पुरस्कार ?
हल्ट पुरस्कार एउटा विश्वव्यापी प्रतिस्पर्धा हो, जसले विद्यार्थीहरूलाई विश्वका केही महत्त्वपूर्ण मुद्दाहरू समाधान गर्न मद्दत गर्ने, सामाजिक उद्यमका विचारहरू विकास र कार्यान्वयन गर्न चुनौती दिन्छ।
प्रतियोगितामा विश्वभरका विद्यार्थीहरूका सहभागी हुन सक्छन् र यो सामान्यतया प्रत्येक वर्ष फरक विषयवस्तुमा केन्द्रित हुन्छ।
हल्ट पुरस्कार विश्वको सबैभन्दा प्रतिष्ठित विद्यार्थी उद्यमशीलता प्रतियोगिताहरू मध्ये एक मानिन्छ।
संयुक्त राष्ट्र संघले प्रत्येक वर्ष प्रतियोगिताको विषयवस्तु घोषणा गर्दछ र यस वर्षको विषयवस्तु रि–डिजाइनिङ फेसन’ हो।
हल्ट पुरस्कार–विजेता टोलीले आफ्नो विचारलाई कार्यान्वयनका लागि एक मिलियन डलर प्राप्त गर्दछन्।