काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम राखेको छ। बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै हालसम्मकै उच्च भएको छ।
आज सुनको मूल्य प्रतितोला एक लाख ७ हजार पाँच सय रुपैयाँ पुगेको छ। बुधबार तोलामा ५ सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला १२ सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार आठ रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।