काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद अरुण चौधरीको रिहाइ माग गर्दै सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको छ। पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै पक्राउको भर्त्सना गरेका छन्।
थरुहट आन्दोलनकारी र सरकारबीच ३ भदौ २०६६ मा सबै प्रकारका मुद्दा खारेज गर्ने सम्झौता भएको स्मरण गराउँदै नागरिक उन्मुक्तिले त्यसयता सबै निर्वाचनमा उनी लड्दै आएको बताएको छ। आगजनी मुद्दामा फरार रहेका सांसद चौधरी बिहीबार दिउँसो बाँकेबाट पक्राउ परेका हुन्।
सम्बन्धित समाचार :- नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी पक्राउ
पक्राउ परेका चौधरी जेल नबसी सजाय भुक्तान गर्न सक्ने