धनगढी । बाँकेबाट पक्राउ गरिएका नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य अरूणकुमार चौधरीलाई धनगढी ल्याइएको छ। चौधरीलाई श्रीएयरलाइन्सको विमानमार्फत धनगढी ल्याइएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीका अनुसार चौधरीलाई बिहीवार जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने भएको जनाएको छ।
उनलाई शुक्रबार जिल्ला अदालतमा पेश गरिने उनले बताए। १३ वर्षअघिको आगजनीको मुद्दामा जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय सुनाएको थियो।
सम्बन्धित समाचार :- नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी पक्राउ
पक्राउ परेका चौधरी जेल नबसी सजाय भुक्तान गर्न सक्ने
सांसद अरुण चौधरीको रिहाइ माग गर्दै नागरिक उन्मुक्तिको २४ घन्टे अल्टिमेटम