काठमाडौं। बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ।
लामिछानेलाई थुनामा राख्न माग गरिएको निवेदन न्यायाधीश हरि फुयालको इजलासमा परेको छ। उक्त मुद्दा २ नम्बरमा छ।
लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको थियो।
नेपाल क्रिकेट सङ्घले सन्दीपलाई आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको एक दिवसीय सिरिजका लागि बन्द प्रशिक्षणमा समावेश गरिसकेको छ।
सम्बन्धित समाचारः
सन्दीप लामिछानेः सर्वोच्चमा पहिलो सुनुवाइ हुँदै, बन्द प्रशिक्षणमा सहभागी हुँदै