धनगढी। सुदूरपश्चिम प्रदेश सभाको आधिकारिक वेभसाइट ह्याक भएको छ। शुक्रवार प्रदेश सभा सचिवालयका सचिव देबबहादुर बोगटीले वेबसाईट ह्याक भएको जानकारी दिए।
उनले वेभसाइट ह्याक भएको र अहिले सूचारु गराउने प्रयास भइरहेको बताए।त्यसकारण अमेरीकन ह्याकरहरुले ह्याक गरेको हुनसक्ने अनुमान गरिएको छ। वेभसाइट कसरी ह्याक भयो भन्ने विषयमा कुनै जानकारी नभएको सचिवालयले जनाएको छ ।
यसबारे अनुसन्धान भइरहेको जनाइएको छ। सुदूरपश्चिममा पहिलो पटक प्रदेश सभाको वेभसाइट ह्याक भएको हो।