काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई ती दुबै मन्त्रालयको जिम्मेवारी दिएकी हुन्।
आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट शिक्षा मन्त्री शिशिर खनाल र श्रममन्त्री डोलप्रसाद अर्यालले आइतबार राजीनामा दिएका थिए।