काठमाडौं । नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. अनिलविक्रम कार्की विजयी भएका छन् ।कार्कीले ३ हजार ५३७ मत ल्याउँदै जित हासिल गरेका हुन् । अध्यक्षका अर्का उम्मेदवार प्रगतिशील समूहका डा. सन्तोष पौडेलले २ हजार २२३ र स्वतन्त्र उम्मेदवार डा. शिवजीविक्रम सिलवालले २९० मत प्राप्त गरे ।
मंगलबार सम्पन्न मतगणना अनुसार एकजना सदस्यबाहेक लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ ।यस्तै, महासचिवमा पनि लोकतान्त्रिक समूहकै डा. सञ्जीव तिवारी २९१८ मतका ल्याएर विजयी भए । उनका निकतम प्रतिद्वन्द्वी डा. अमृत भुसाल १५४१ मत ल्याएर भने अर्की उम्मेदवार डा. रक्षा श्रेष्ठले भने १५०५ मत ल्याएकी छन् ।
मधेश प्रदेशको उपाध्यक्षमा डा. निरजकुमार सिंह ३०८१ मतका साथ विजयी बने । उनका निकतम प्रतिद्वन्द्वी डा. महेश महासेठले १५७४ मत पाए भने अर्का उम्मेदवार डा. अजयकुमार मिश्रले ११२४ मत ल्याए ।
बागमती प्रदेशको उपाध्यक्षमा डा. प्रकाश बुढाथोकीले ३५५३ मतका साथ विजय हासिल गरे । उनका प्रतिस्पर्धी डा. सञ्जय ठाकुरले २२१४ मत ल्याए । गण्डकी प्रदेशमा डा. राजन शर्माले ३३२२ मतका साथ विजयी बने भने उनका प्रतिस्पर्धी डा.विकास गौचन २३९० मत ल्याए । यस्तै, सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा डा. प्रशान्त भट्ट ३३५९ मतका ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी डा. निरज अर्याल २३०८ मत ल्याए ।
सदस्यहरुमा लोकतान्त्रिक समूहका डा. अमित रञ्जन मिश्र, डा. किशोर खत्री, डा. सृजना विष्ट, डा. तेज्सुसिंह मल्ल, डा.युभिन कुमार यादव र प्रगतिशिल समूहकी डा. स्मृती महत विजयी भएका छन् ।
वरिष्ठ उपाध्यक्ष डा. वद्री रिजाल, उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक डा. नन्दाकुमारी गुरुङ, उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक डा. केशरबहादुर ढकाल, उपाध्यक्ष तथा प्रदेश १ संयोजक, डा. विपेश आचार्य, कोषाध्यक्ष डा. प्रमोद जोशी, सह–कोषाध्यक्ष डा. विक्रान्त ढकाल र सह–सचिवमा डा. लिजन महर्जन यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । संघको निर्वाचनमा कुल ६२९२ मत खसेको थियो ।