काठमाडौं। चलचित्र विकास बोर्डका सल्लाहकार समितिका सदस्यद्वय रवीन्द्र खड्का र सुशान्तकुमार श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन्।
बोर्डका सदस्यद्वय खड्का र श्रेष्ठले राजीनामा दिएको बोर्डका सदस्य सचिव एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव टङ्कबहादुर महतले जानकारी दिए।
बोर्डले सल्लाकार समितिसँग सल्लाह नगरी विवादित कार्य गर्दै आएको र सल्लाहकारको सल्लाह समेत नमानेको भन्दै उनीहरुले राजीनामा दिएका हुन्।