काठमाडौं। बिहीबार सेयर बजार १२.४३ अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनुसार बिहीबार सेयर बजार बढेर २१८२.६१ विन्दुमा पुगेको छ।
नेप्सेको अनुसार आज ५६ लाख कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ६ करोड रुपैयाँको कारोबार भएको छ।
आज सबैभन्दा बढी सेयर कारोबार हुने कम्पनीमा अपि पावर रहेको छ। कम्पनीको ५ करोड ८६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
यस्तै, आज सबैभन्दा धेरै बारही हाइड्रोपावर कम्पनीको सेयरधनीले कमाएका छन् भने नबिल ब्यालेन्स्ड फण्ड–३ का सेयरधनीले सबैभन्दा बढी गुमाएका छन्।