काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० गते हुने उपनिर्वाचनमा सो पार्टीका सभापति रवि लामिछानेलाई उमेदवार बनाउने तयारी गरेको छ ।
यसअघि पत्रकार सम्मेलनमा पनि सो पार्टीका सभापति लामिछानेले छिटो निर्वाचनको मिति घोषणा गर्न माग गरेका थिए । रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोराले दिएको जानकारीअनुसार उपनिर्वाचनमा पनि लामिछाने नै उमेदवार बन्नेछन् ।
यसअघि भएको निर्वाचनमा उनी सोही निर्वाचन क्षेत्रबाटै उमेदवार बनेका थिए ।उनले अमेरिकाको नागरिकता लिएको समयमा नेपालको नागरिकता त्याग नगरेको र पछि सोही आधारमा चुनाव लडेको भन्दै सर्वोच्च अदालतले उनलाई अयोग्य ठहर गरेपछि उपनिर्वाचन हुन लागेको हो ।उपनिर्वाचनमा पनि लामिछाने नै उमेदवार बन्ने बोहोराको प्रतिक्रिया छ ।
यो पनि पढनुस्:-
चितवन २ मा वैशाख १० गते उपचुनाव हुने, फेरि उठ्लान रवि ?