काठमाडौँ ।जर्मनीले कोभ्याक्स फेसिलिटी मार्फत नेपाललाई फ़ाइजर बायोएनटेकको बाइ भेलेन्ट कोभिड-१९ खोपको पन्ध्र लाख भन्दा बढी डोज हस्तान्तरण गरेको छ।
नेपालका लागि जर्मनीका राजदूत डा.थोमस प्रिन्जले आज मन्त्रालयमा उक्त खोप हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले जर्मनीद्वारा प्रदान गरिएको खोपले नेपालको अभियानलाई बलियो बनाउने प्रयासलाई सघाउने बताए ।