काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य ७ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५ सय रुपैयाँ तोकिएको थियो।
आज तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ७ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ। गत शुक्रबार प्रतितोला १ लाख २ हजार रुपैयाँ कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा १५ रुपैयाँ बढेर आज १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय मूल्यको आधारमा महासंघले नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रति औन्स १ हजार ८४२ अमेरिकी डलर छ।