काठमाडौँ । हास्य कलाकार जितु नेपालको ‘मुन्द्रेको कमेडी क्लब’ आउँदो चैत २ गतेदेखि प्रसारण हुने भएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चैत २ देखि कान्तिपुर टेलिभिजनबाट प्रसारण गर्नेगरी तेस्रो सिजनको ‘मुन्द्रेको कमेडी क्लब’ सुरु हुने जानकारी दिइएको हो ।
शोको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहनेछिन् भने निर्देशक दिनेश डिसी हुन् । त्यस्तै, कलाकारहरूमा दमन रुपाखेती, प्रभात लामा, दिनेश काफ्ले र एलिना बाँस्कोटा रहेको कलाकार जितु नेपालले बताए ।