काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले देशले क्रिकेट जितेको बताएका छन्।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै देशले क्रिकेट जितेको उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ।’
उनले साथ र मायाको लागि सम्पूर्णमा हृदयदेखी आभारी व्यक्त गरेका छन्।
आईसीसी विश्वकप क्रिकेट लिग–२ को स्कटल्याण्ड र नामिबियासँगको सिरिजमा नेपालले ४ वटै खेल जितेको थियो। जसमा सन्दीपले ४ खेलमा १३ विकेट लिएका थिए। उक्त सिरिजमा उनी सर्वाधिक विकेट लिने बलर बनेका थिए।
नेपालले शृङ्खलाका चारवटै खेल जितेको यो पहिलो पटक हो।
सम्बन्धित समाचारः नेपालले स्कटल्याण्डलाई हरायो, बनायो नयाँ कीर्तिमान